काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आइतबार प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६६० रुपैयाँ तथा चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ ।



















प्रतिक्रिया