सर्लाहीमा मोटरसाइकल दुर्घटना : पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते


सर्लाही । मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति भएको दुर्घटनामा सोही मोटरसाइकलको ठक्करबाट मलङ्गवा–४ का ५९ वर्षीय साइकलचालक महेश महतो घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।