लागुऔषध तस्करीविरुद्ध अमेरिकी सेनाको आक्रमण, चारको मृ-त्यु


काठमाडौँ। क्यारिबियन सागरमा लागुऔषध तस्करीको आशङ्का गरिएको डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

ट्रम्प प्रशासनले ‘नार्को–आतङ्कवादी’ भन्दै लक्षित गरेयता पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा भएका ६९ वटा आक्रमणमा कम्तीमा २३१ जनाको मृत्यु भएको जनाइएको छ ।

अमेरिकी दक्षिणी कमाण्डले तस्करीका लागि परिचित समुद्री मार्गमा कारबाही गरिएको जनाएको छ । तर, आक्रमण गरिएको डुङ्गामा लागुऔषध रहेको पुष्टि हुने प्रमाण भने सेनाले सार्वजनिक गरेको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा लागुऔषधको प्रवाह रोक्न यस्ता सैन्य कारबाही आवश्यक रहेको बताउँदै आएका छन् । तर, आक्रमणमा मारिएकाहरू तस्करीमा संलग्न रहेको दाबी पुष्टि गर्ने विस्तृत प्रमाण प्रशासनले सार्वजनिक गरेको छैन ।