काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको भाटभटेनी सुपरमार्केटको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि ग्राहकका लागि खुला हुनेछ । कम्पनीका अनुसार आगजनीबाट ध्वस्त भएका १२ स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौँडा स्टोरको पुनःनिर्माण अन्तिम चरणमा छ ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कठिन परिस्थितिमा साथ दिने ग्राहक र कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी निरन्तरता दिँदै पुनःनिर्माण अघि बढाएको जनाएको छ ।
टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित सेवा दिइने र सेवा तथा गुणस्तरमा सम्झौता नगर्ने कम्पनीले जनाएको छ ।



















प्रतिक्रिया