काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब ३ बजे बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नसकिएपछि सचिवालय बैठकको समय सारिएको हो । कार्यदलको बैठक सकिएपछि सचिवालय बैठक बस्ने उनले बताए ।
कार्यदलको बैठक बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा जारी छ । यसैबीच, सचिवालय बैठकका लागि १ बजे पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली करिब आधा घण्टापछि त्यहाँबाट बाहिरिएका छन् ।



















प्रतिक्रिया