काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् । चीनको ग्वाञ्जाओमा आयोजना हुने ‘चाइना फोरम अफ इन्टरनेसनल लिगल कोअपरेसन’ कार्यक्रममा सहभागी हुन उनी चीन गएका हुन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीश शर्मा असोज ८ गते नेपाल फर्कनेछन् । उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन् ।



















प्रतिक्रिया