काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति गरेको दाबी गरेका छन् ।
आइतबार कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अध्यक्ष ओलीलाई हटाउने, राजीनामा माग्ने वा अध्यक्षको आलोचना गर्ने विषय प्रतिवेदनमा नराख्ने सहमति भएको बताए ।
उनका अनुसार विभिन्न नेताले तयार पारेका मस्यौदालाई एकीकृत गरी साझा प्रतिवेदन तयार गरिएको छ । कार्यदलले पार्टी एकता सुदृढ गर्ने र राष्ट्रिय परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको बस्नेतले जानकारी दिए ।
बस्नेतले वर्तमान सरकारको कार्यशैलीविरुद्ध पार्टीलाई सशक्त रूपमा अघि बढाउने विषयसमेत प्रतिवेदनमा समेटिएको बताए ।



















प्रतिक्रिया