काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। यसपटक महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १४ जना रहने जनाइएको छ।
यसअघि नै परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ न्युयोर्क पुग्ने गरी अमेरिका प्रस्थान गरिसकेको छ। खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।
महासभाका क्रममा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध, समृद्धि, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनलगायतका विषयमा आफ्ना धारणा राख्ने तयारी गरेको छ।



















प्रतिक्रिया