काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै सडकमा बा ५ ख ४२७३ नम्बरको बसमा आगलागी भएको हो।
प्रहरीका अनुसार आगलागीमा परेका बस चालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। चालकको अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।
काठमाडौँ प्रहरीका एसपी सुवेदीले बसमा आगलागी भएको खबर आएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको बताए। ‘बस आगलागी भएको भन्ने खबर आएको छ । किन, कसरी आगलागी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ,’ उनले भने।
प्रहरीका अनुसार आगलागी हुँदा बसमा अन्य यात्रु भने थिएनन्। त्यसैले घटनामा यात्रु घाइते भएको विवरण प्राप्त भएको छैन।
आगलागीपछि बसमा ठूलो क्षति पुगेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। प्रारम्भिक रूपमा बसको कुन भागबाट आगो सुरु भयो भन्नेबारे समेत यकिन भइसकेको छैन।
घटनास्थलमा पुगेको प्रहरी टोलीले आगलागी नियन्त्रण तथा सडक व्यवस्थापनमा समन्वय गरेको छ। आगलागीको कारण र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण प्रहरीको अनुसन्धान तथा घटनास्थलको प्रारम्भिक निरीक्षणपछि खुल्ने बताइएको छ।



















प्रतिक्रिया