काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदै महामन्त्रीका आकांक्षीहरू बढेका छन्। २ महामन्त्री पदका लागि अहिलेसम्म ८ नेताले दाबी प्रस्तुत गरेका छन्।
नैनसिंह महर र अमरसिंह पुनले उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, देवराज चालिसे, रञ्जित कर्ण र मधु आचार्यले पनि तयारी अघि बढाएका छन्। लगातारको वर्षाका कारण क्षेत्रीय अधिवेशन असोज १३ गतेसम्म गर्ने निर्णय गरिएको छ।


















प्रतिक्रिया