काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम लामो समयदेखि हुन नसकेको भन्दै सभामुख डोलप्रसाद अर्यालसँग प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले भदौ १० गतेका लागि तय गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम एक महिना दुई दिन बितिसक्दा पनि हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने दिन भदौ १० गते तोकिएको थियो। तर, एक महिना दुई दिन भइसक्यो, त्यो दिन अझै आएको छैन,’ उनले भने । उनले सरकारले अब ‘केटाकेटी खेल’ छाडेर संसद्को प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए ।
राईले पछिल्लो समय भइरहेको पक्राउ र रिहाइको शैलीप्रति पनि प्रश्न उठाए । घटनाको गम्भीरता नहेरी हचुवाका भरमा पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी कार्यशैली उचित नभएको उनको भनाइ थियो ।
‘विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ। पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?’ उनले प्रश्न गरे ।
आफूहरू प्रतिपक्षमा रहे पनि राष्ट्रिय मुद्दा र विकासका सवालमा सरकारलाई सहयोग गर्दै आएको राईले बताए । तर, सरकारको गैरजिम्मेवार कार्यशैलीका कारण प्रतिपक्षले समेत प्रभावकारी रूपमा काम गर्न कठिन भइरहेको उनको भनाइ



















प्रतिक्रिया