काठमाडौं ।धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्।
स्रोतका अनुसार भक्तपुरस्थित आफ्नै निवासबाट साइबर ब्युरोको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई साइबर ब्युरोको कार्यालय, भोटाहिटी लगिएको बताइएको छ।
प्रसाईंलाई के विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।



















प्रतिक्रिया