काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ पाङ्गामा ससुराको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ साल साउन १४ गते राति करिब १० बजे पाङ्गाका ७५ वर्षीय गंगाराम शाही आफ्नै घरको सिँढी नजिक मृत अवस्थामा फेला परेका थिए। उनको टाउकोको बायाँपट्टि धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा शव भेटिएको र घटनास्थलमा धारिलो वस्तु (खुपी) समेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा मृतककी माइली बुहारी समिला शाहीको संलग्नता रहेको आशंका गरिएको थियो। मृतकका छोरा राजकुमार शाहीले २०८३ असोज ७ गते किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ अनुमति लिई समिला शाहीलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेकी शाहीलाई २०८३ असोज ८ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दाखिला गरी सोही दिन जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























प्रतिक्रिया