नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारमा बाढीले पुरिएका घरहरू उत्खनन गर्ने क्रममा सशस्त्र प्रहरीले सुन, नगद तथा महत्वपूर्ण कागजात फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ।
मिति २०८३ असोज १३ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हे.क्वा. नुवाकोटबाट खटिएको टोलीले बाढीले पुरिएका घरमा उत्खनन गर्ने क्रममा अन्दाजी ५.५ तोला सुन, नगद रु. ५ हजार तथा महत्वपूर्ण कागजात फेला पारेको हो।
फेला परेका सामग्री स्थानीयवासीको रोहवरमा सम्बन्धित घरधनीलाई सुरक्षित रूपमा हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।






















प्रतिक्रिया