आइफोन १८ किन्दा एनसेलको फ्री कल, फ्री डाटा र लायन्सगेट सब्सक्रिप्सन


काठमाडौं – एनसेलले एप्पल फोनको नेपालस्थित आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।

एनसेलका अनुसार यो अफर एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकले प्राप्त गर्न सक्नेछन्। बन्डलमा असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट उपलब्ध हुने लायन्सगेटको ओटीटी सब्सक्रिप्सन समावेश गरिएको छ।

योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका पहिला २०० जना खरिदकर्ताले तीन महिनासम्म यी सुविधा निःशुल्क पाउनेछन्। त्यस्तै, आइफोन डुओका पहिला १०० जना खरिदकर्ताले छ महिनासम्म अतिरिक्त शुल्कबिना उक्त सुविधा प्रयोग गर्न सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई विशेष अफर उपलब्ध गराउन पाउँदा खुशी लागेको बताए।

उनले एनसेलको डिजिटल जीवनशैलीलाई बल दिने प्रतिबद्धताअनुसार योजनाले देशभरका ग्राहकलाई भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउने बताए। प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर सञ्चार तथा मनोरञ्जनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्य रहेको उनको भनाइ छ।