सभामुखले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट


काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सभामुख अर्यालले शुक्रबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

सो अवसरमा सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका थिए।

महासभामा नेपालको संसदीय प्रतिनिधित्व तथा सहभागिताका विषयमा समेत भेटका क्रममा छलफल भएको जनाइएको छ।

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीचको भेट शिष्टाचारमा केन्द्रित रहेको बताइएको छ।