काठमाडौं – नेपाली कांग्रेसको उपसभापति (खुला) पदको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले ७१२ मत प्राप्त गरेका छन्। यस्तै, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
कांग्रेस उपसभापतिको खुलातर्फ दुई जना निर्वाचित हुनेछन्। यस पदका लागि कुल ७ हजार ४३ मत खसेकोमा हालसम्म २ हजार २३१ मत गणना भएको छ। मतगणना जारी छ।

















प्रतिक्रिया