नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते, यस्तो छ तयारी


काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले कात्तिक १२ गते शपथ ग्रहण गर्ने भएका छन्। पार्टीले शपथ ग्रहण समारोहको मिति, समय र स्थान तोक्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि औपचारिक निमन्त्रणा गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणका लागि आवश्यक तयारी अघि बढाइएको छ। केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कुँवरले सूचना जारी गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई समारोहमा उपस्थित हुन अनुरोध गरेका छन्।

शपथ ग्रहणसँगै नवनिर्वाचित केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रियाले गति लिनेछ। पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र कार्यसम्पादनमा नयाँ कार्यसमितिको भूमिका कस्तो रहन्छ भन्ने चासो पनि बढेको छ।