काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरको निर्णयसँगै विराटनगर किङ्ग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ।
जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने विश्वासका साथ पहिले बलिङ गर्ने निर्णय लिएको बताए। उनले विराटनगरलाई सुरुमै ब्याटिङमा पठाएर उसको योगफल पछ्याउने रणनीति बनाएको सङ्केत गरेका छन्।
यता विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ गर्दै राम्रो योगफल तयार पार्ने र त्यसलाई जोगाउने लक्ष्य रहेको बताएका छन्।
टस जितेर बलिङ रोजेको जनकपुरले विराटनगरलाई कति रनमा रोक्न सक्छ र विराटनगरले कस्तो योगफल तयार पार्छ भन्ने चासो खेलप्रेमीमा छ।

















प्रतिक्रिया