अमेरिकी इतिहासमा पहिलोपटक अश्वेत महिला गभर्नर निर्वाचित


अमेरिका । अमेरिकाले पहिलोपटक अश्वेत महिला गभर्नर पाएको छ। डेमोक्रेटिक पार्टीकी उम्मेदवार किशा लन्स बोटोम्स जर्जिया राज्यको गभर्नर निर्वाचनमा विजयी भएकी छन्। उनको जितसँगै उनले अमेरिकी इतिहासमा पहिलो अश्वेत महिला गभर्नर बनेर नयाँ रेकर्ड कायम गरेकी छन्।

बोटोम्सले रिपब्लिकन पार्टीका उम्मेदवार रिक ज्याक्सनलाई पराजित गर्दै जर्जियाको गभर्नर पद आफ्नो पक्षमा पारेकी हुन्।

रिपब्लिकन पार्टीको बलियो प्रभाव रहेको राज्य मानिने जर्जियामा डेमोक्रेटिक उम्मेदवारको जितलाई अमेरिकी राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यसअघि जर्जियाको गभर्नर पदमा रिपब्लिकन पार्टीको नेतृत्व थियो। तर, मध्यावधि निर्वाचनसँगै उक्त पद डेमोक्रेटिक पार्टीको हातमा पुगेको छ।

बोटोम्सको ऐतिहासिक जितले अमेरिकी राजनीतिमा महिला तथा अश्वेत समुदायको प्रतिनिधित्वका दृष्टिले नयाँ अध्याय थपेको छ। साथै, जर्जियाको नतिजाले डेमोक्रेटिक पार्टीलाई थप उत्साहित बनाएको छ।