जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच सोमबार जनकपुरधाममा भेटवार्ता भएको छ । मधेसमा आ–आफ्नो कार्यक्रमका लागि पुगेका उनीहरूबीच भएको भेटमा पत्रकारिता, राजनीति र नेतृत्वका विषयमा रोचक संवाद भएको छ ।
भेटका क्रममा लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गरेका थिए । त्यसपछि उनले धमलालाई प्रश्न गरे, ‘तपाईं पत्रकारितामै फर्किने कि राजनीति गर्ने ?’
जवाफमा धमलाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले लामिछानेलाई पाँच वर्षपछि प्रधानमन्त्री बन्नुपर्ने सुझावसमेत दिएका थिए ।
धमलाको सुझावपछि लामिछानेले भने, ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ ।’
लामिछानेको उक्त जवाफपछि उनीहरूबीचको संवाद थप रोचक बनेको थियो । भेटमा धमलाको राजनीतिक यात्राको सम्भावना र लामिछानेको नेतृत्वसम्बन्धी धारणाबारे समेत कुराकानी भएको देखिन्छ ।
हाल रास्वपा सभापति लामिछाने र पत्रकार धमला दुवै आ–आफ्ना कार्यक्रमका सिलसिलामा मधेस प्रदेशमा रहेका छन् । सोही क्रममा जनकपुरधाममा उनीहरूको भेट भएको हो ।
उनीहरूबीच भएको भेटवार्ताले पत्रकारिता र राजनीतिक क्षेत्रको सहकार्य तथा सम्भावित राजनीतिक समीकरणबारे चासो बढाएको छ ।

















प्रतिक्रिया