काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आगामी भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने भएको छ। मंसिर ६ गतेदेखि हुने दुईदिने राजकीय भ्रमणमा दुई देशबीच विश्वासको वातावरण निर्माण, आर्थिक सहकार्य र हवाई प्रवेश मार्ग विस्तारका विषयले प्राथमिकता पाउने भएका छन्।
परराष्ट्र स्रोतका अनुसार वार्तामा भारतको प्रस्तावित आर्थिक प्याकेज, विकास आयोजना, ऊर्जा क्षेत्र तथा भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल हुनेछ। साथै, नेपालले लामो समयदेखि माग गर्दै आएको महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ।
भ्रमणका क्रममा अयोध्या–जनकपुर सीधा रेलमार्ग, दार्चुलाको पुल, भैरहवास्थित एकीकृत जाँच चौकी र नेपाल प्रहरी एकेडेमीको भवन उद्घाटनबारे पनि तयारी भइरहेको छ। प्रधानमन्त्री बालेनले मंसिर ७ गते नेपाल र भारतका उद्योगी–व्यवसायीको भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम छ।

















प्रतिक्रिया