काठमाडौँ । उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका मोडिफाइड मोटरसाइकल धनीलाई जरिवाना तिराएर र थपिएका पार्टपुर्जा हटाएपछि मात्रै बाइक फिर्ता दिने प्रक्रिया सुरु गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार हालसम्म ४१५ वटा मोडिफाइड बाइक नियन्त्रणमा लिइएको छ। अत्यधिक ध्वनि प्रदूषण गर्ने र सडकमा जोखिम निम्त्याउने गरी स्वरूप परिवर्तन गरिएका मोटरसाइकलमाथि प्रहरीले कारबाही अघि बढाएको हो।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९४ अनुसार त्यस्ता बाइकका धनीलाई ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। जरिवाना यातायात व्यवस्था कार्यालय, सातदोबाटोमा बुझाएपछि मोटरसाइकलमा थपिएका सबै पार्टपुर्जा हटाएर मात्रै धनीलाई फिर्ता दिइने प्रहरीले जनाएको छ।

















प्रतिक्रिया