दानबहादुर कार्कीको रिटमा आज पहिलो सुनुवाइ, श्रीकान्त पौडेलको इजलासमा पेसी


काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ। उनको मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा तोकिएको छ।

कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उनको स्थानमा एआईजी डा. मनोज केसीलाई नयाँ आईजीपी बनाइएको थियो।

सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले आफूलाई आईजीपीमा पुनर्बहाली गर्न र मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म नयाँ आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।