काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख २३ हजार ६८० रुपैयाँ र चाँदीको मूल्य २ हजार ८९८ रुपैयाँ रहेको छ।

















प्रतिक्रिया