काठमाडौँ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले बितेका सात महिनाले एमाले मात्रै देश बनाउन सक्ने पार्टी भएको पुष्टि गरेको दाबी गरेकी छन्।
राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई बलियो बनाउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताइन्। पार्टीमाथि उठेका प्रश्न र चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
अर्यालले आगामी स्थानीय तहको निर्वाचनलाई अर्को राजनीतिक परीक्षाका रूपमा लिनुपर्ने भन्दै त्यसमा सफल हुन अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन्।

















प्रतिक्रिया