काठमाडौँ । महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन्।
फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सात प्रतिबद्धता सार्वजनिक गरेकी हुन्।
नेपालले सन् २०२८ सम्म अनलाइन दुर्व्यवहारसहित बालहिंसा अन्त्यका लागि कानुनी तथा नीतिगत मापदण्ड सुदृढ गर्ने र सन् २०३० सम्म ७५३ वटै स्थानीय तहमा बाल संरक्षण संयन्त्र स्थापना गर्ने लक्ष्य लिएको छ।
त्यस्तै, विद्यालयमा बाल संरक्षण मापदण्ड र बालमैत्री उजुरी प्रणाली लागू गर्ने, बालविवाह रोकथाम गर्ने, परिवारमा आधारित बाल हेरचाहलाई प्राथमिकता दिने तथा जोखिममा रहेका बालबालिकालाई एकीकृत सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि प्रस्तुत गरिएको मन्त्रालयले जनाएको छ।

















प्रतिक्रिया