काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंगलबार (८ मंसिर) बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका हुन् ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीले निर्देशन दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया