काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण स्वीकृत गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा रहेको छ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबारदेखि दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्रीसँग दुई मन्त्रीसहित ३४ सदस्यीय टोली सहभागी हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले भ्रमणलाई औपचारिक स्वीकृति दिने विषयमा निर्णय गर्नेछ ।

















प्रतिक्रिया