काठमाडौँ । चीनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई चीन भ्रमण गराउन कूटनीतिक पहल तीव्र पारेको छ। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेका बेला चीनले पनि भ्रमणको प्रस्ताव अघि बढाएको हो।
चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्री कार्यालयसँग यस विषयमा छलफल गरिसकेका छन्। चीनले प्रधानमन्त्री शाहलाई छिट्टै बेइजिङ भ्रमण गराउन चाहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।
चीनले विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा चासो देखाउँदै आएको छ। यसअघि रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणको तयारी भए पनि अन्तिम समयमा स्थगित भएको थियो। अब चीनले प्रधानमन्त्री बालेनकै भ्रमणलाई प्राथमिकता दिएको छ।

















प्रतिक्रिया