काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालमा नेपालका चार जना प्रधानमन्त्रीसँग कम्तीमा १३ पटक औपचारिक द्विपक्षीय भेटवार्ता गरेका छन् । सोमबार प्रधानमन्त्री बालेन शाहसँग हुने भेट मोदीका लागि पाँचौँ फरक नेपाली समकक्षीसँगको पहिलो भेट हुनेछ ।
मोदीले यसअघि सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासँग विभिन्न अवसरमा भेटवार्ता गरेका थिए । तीमध्ये ओलीसँग सबैभन्दा बढी पटक भेट भएको देखिन्छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भने मोदीले टेलिफोन संवाद गरेका थिए ।
जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन र नयाँ जनादेशबाट प्रधानमन्त्री बनेका बालेनसँगको भेटलाई विशेष चासोका साथ हेरिएको छ । यस भेटमा नेपाल–भारत सम्बन्धका पुराना मुद्दा, सीमा विवाद, ईपीजी प्रतिवेदन, व्यापार, पारवहन, ऊर्जा सहकार्य र हवाई प्रवेशमार्गजस्ता विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
यो भेट दुई देशबीचको सम्बन्धलाई नयाँ राजनीतिक परिवेशअनुसार अघि बढाउने अवसरका रूपमा समेत हेरिएको छ ।

















प्रतिक्रिया