काठमाडौँ । नागरिक अभियन्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको विषय उठाउन सुझाव दिएका छन्।
प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेपछि प्रसाईंले नेपालको सहमतिबिना नेपाली भूमिबारे कुनै निर्णय नगर्न भारतलाई स्पष्ट रूपमा सम्झाउन आग्रह गरेका हुन्।
उनले लिपुलेक नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै भारत–चीनबीच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएका छन्। साथै, बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिनेसम्बन्धी विषय पनि भारतसँग उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।


















प्रतिक्रिया