दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन दिल्ली प्रस्थान


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत अपराह्न नयाँ दिल्ली गएका हुन्। उनीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत गएका छन्।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।