देउवा पक्षको कांग्रेस लुम्बिनी अधिवेशन भालुवाङमा, शीर्ष नेताहरू जुट्दै


रुपन्देही । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशन आजदेखि दाङको भालुवाङमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्नेछन् ।

अधिवेशनमा शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महत र मोहन बस्नेतलगायत शीर्ष नेताहरू सहभागी हुनेछन् । प्रदेशका १२ जिल्लाबाट २ हजार २ सयभन्दा बढी प्रतिनिधि आउने आयोजकले जनाएको छ ।

उद्घाटन सत्रपछि बन्दसत्रमार्फत नयाँ प्रदेश कार्यसमिति चयन गरिनेछ । प्रदेश सभापतिका लागि रोज राणा, गेहेन्द्र गिरी र डा. दामोदर भुसाल आकांक्षी देखिएका छन् ।