काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘शक्ति लम्साल स्मृति साहित्य पुरस्कार–२०८३’ साहित्यकार स्वर्गीय रमेश विकललाई प्रदान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित समारोहमा विकललाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गरिएको हो । वामपन्थी साहित्य तथा न्याय र सामाजिक रूपान्तरणको अभियानमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको प्रलेसले जनाएको छ ।
२५ हजार १०० रुपैयाँ राशिको उक्त पुरस्कार स्वर्गीय शक्ति लम्सालको स्मृतिमा स्थापना गरिएको हो । प्रलेसले हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने जनाएको छ ।
कार्यक्रममा झलनाथ खनाल, देव गुरुङलगायत साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरूले शक्ति लम्सालको योगदानको चर्चा गरेका थिए ।

















प्रतिक्रिया