काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त रूपमा शिलालेख अनावरण गर्ने भएका छन् ।
सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको शिलालेख नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत अनावरण गरिनेछ ।
करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ भने व्यापारिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।
आयोजनाबाट प्रभावित परिवारलाई हालसम्म करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । निर्माण सम्पन्न भएपछि यसले कोशी प्रदेशको ऊर्जा विकास र आर्थिक गतिविधिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया