काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ ।
बैठकमा दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी छन् । यसअघि शाह र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।
बैठकपछि विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, दुई देशबीच समझदारी तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँगका औपचारिक भेटवार्ता सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम छ ।

















प्रतिक्रिया