काठमाडौँ । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएपछि विभिन्न समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भइरहेको छ ।
वार्तापछि सम्झौतामा हस्ताक्षर गर्ने र त्यसलगत्तै बालेन तथा मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्दै भ्रमणका उपलब्धिबारे जानकारी दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकअघि बालेन र मोदीबीच एक्लाएक्लै भेटवार्तासमेत भएको थियो ।

















प्रतिक्रिया