काठमाडौँ । जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने ‘जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस रेल सेवा’ सोमबारदेखि सञ्चालनमा आएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर रेल सेवाको उद्घाटन गरेका हुन् । भारतले ६०४ किलोमिटर लामो यस रेल सेवाको नाम ‘सर्यु कमला एक्सप्रेस’ राखेको छ ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई सीधा रेल सञ्जालले जोडिएपछि धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट दुई धार्मिक नगरीबीच आवतजावत गर्ने तीर्थयात्रीलाई समेत सहज हुनेछ ।

















प्रतिक्रिया