किसानका खेतमा समृद्धि, युवाको हातमा रोजगारी पुग्नुपर्छ : बालेन


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल–भारतबीच भएका समझदारी र सहकार्यको प्रतिफल किसान, युवा, विद्यार्थी तथा उद्यमीले प्रत्यक्ष रूपमा पाउनुपर्ने बताएका छन् ।

सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका अभिन्न अङ्ग रहेको उल्लेख गरे ।

उनले दुई देशबीच भएका छलफल दूरगामी महत्त्वका रहेको बताउँदै सहकार्यका विभिन्न क्षेत्रमा साझेदारी र परियोजना अघि बढाइएको जानकारी दिए ।

समझदारीको प्रतिफल किसानका खेतमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर तथा विद्यार्थीका लागि नयाँ सम्भावनाका रूपमा देखिनुपर्ने उनको भनाइ थियो । त्यस्तै, उद्यमीले बजार र लगानी विस्तार गर्न सक्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री शाहले यी सहकार्यले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।