काठमाडौं । ओपनर लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेको शतकीय इनिङ्ससँगै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति कतारको दोहास्थित वेस्ट इन्ड पार्कमा सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकाले भारत ‘ए’ लाई ८ विकेटले पराजित गरेको हो।
भारतले दिएको ३१८ रनको लक्ष्य श्रीलंकाले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाका जयवर्द्धनेले १०५ र क्रुसपुलेले ११६ रन बनाए। दुवैले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरेका थिए।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो। भारतका अभिषेक शर्माले ७८, तिलक वर्माले ५३ र शाहबाज अहमदले अविजित ५४ रन बनाए।
अब श्रीलंका ‘ए’ ले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।



















प्रतिक्रिया