उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। बेलका नगरपालिका–६ सुकुम्वाका ७३ वर्षीय रणध्वज राईको हात्तीको आक्रमणमा परी बिहीबार दिउँसो मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो करिब ३ बजे बजारबाट सामान किनेर घर फर्किने क्रममा राईलाई जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी र सबडिभिजन वन कार्यालय लालबजारबाट वन कर्मचारीको संयुक्त टोली घटनास्थल पुगेको थियो। टोली पुग्दा राईको मृत्यु भइसकेको थियो।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।



















प्रतिक्रिया