काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेस भएको बताएका छन्। देउवा समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका उनले रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन्।
आधिकारिक नेतृत्व भएकै कारण आफूहरूले १५औँ महाधिवेशन आयोजना गरेको उनको भनाइ थियो। उनले कांग्रेसको सिद्धान्त राम्रो भए पनि पार्टीले आफ्ना उपलब्धिको प्रचार गर्न नसक्दा ३५ वर्षमा केही नभएको भाष्य बनेको बताए।
कोइरालाले २०४८ सालमा नेपाली कांग्रेसको सरकारले नेपालको अर्थतन्त्रको जग तयार पारेको र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आर्थिक तथा बहुदलीय संसदीय राजनीतिको आधार निर्माण गरेको उल्लेख गरे।
कांग्रेसलाई थप बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई समेट्दै महाधिवेशनमार्फत पार्टी एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।

















प्रतिक्रिया