काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणका उपलब्धि र अनुभवबारे सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् ।
नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङ भ्रमणमा गएको आचार्य नेतृत्वको २० सदस्यीय टोली नोभेम्बर २६ मा नेपाल फर्किएको थियो ।
ब्रिफिङका क्रममा आचार्यले चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको भेटवार्ता, दुई पार्टीबीचको सम्बन्ध विस्तार तथा राजनीतिक र सांगठनिक अनुभव आदानप्रदानबारे जानकारी गराएका थिए ।
टोलीले चीनका विभिन्न उद्योग, व्यवसाय तथा विपद् व्यवस्थापन प्रणालीको पनि अध्ययन गरेको थियो । सभापति लामिछानेले भ्रमणबाट प्राप्त अनुभव र सिकाइलाई पार्टीको सांगठनिक क्षमता तथा राष्ट्रिय विकासमा उपयोग गर्न निर्देशन दिएका छन् ।



















प्रतिक्रिया