तेहरान–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेव्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन्। पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन् । भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए । युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा…