बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

काठमाडौं– ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समाचार प्रकासित गरेको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेको तर सम्भव नभएको बीबीसी बंगला सेवाले जनाएको छ…