Logo

अन्तर्राष्ट्रिय

विश्वमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको एशियाली मुलुकमा सबैभन्दा बढी मृत्युद इण्डोनेशियामा

स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सोमबार मध्याह्नसम्ममा विश्वका १८६ देशमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण फैलिएको छ ।यी देशमा कुल २ लाख ९४ हजार ११० जना संक्रमित भएका छन् । यी मध्ये १२ हजार ९४४ जनाको मृत्यु भएको छ । विश्वमा कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको छ ।

अहिले सम्म कोरोनाबाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ ।बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ

कोरोना संक्रमित नेपालीले भनिन्– १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन, सावधान रहनुस्‌ !

बेलायतमा कोरोना संक्रमणसँग जुधिरहेकी एक नेपाली महिलाले विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छिन् ।सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीरसहित स्टाटस राख्दै भगवती रानाभाटले विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेकी हुन् । संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नरहेको भन्दै उनले सावधानी अपनाउन आग्रह गरेकी हुन्

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।गुजरातमा आइतबार दिउँसो एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।कोरोना संक्रमित वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । पहिलेदेखिनै मिर्गौला र दमका रोगबाट ग्रस्त उनीमा

बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् ।कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ

नेपालसँग सीमा जाेडिएकाे बिहारमा काेराेनाका कारण एक युवककाे ज्यान गयाे

नेपालसँग सीमा जाेडिएकाे भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवककाे ज्यान गएको छ । राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवककाे ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती पुरुष मिर्गौलाका बिरामी पनि थिए । परीक्षणका क्रममा उनमा काेराेना भाइरसकाे ‘पाेजेटिभ’ देखिएकाे

अनुसन्धानकर्ताको चेतावनी- भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्न सक्छ

भारतका एक जना विशेषज्ञले कोरोना भाइरस संक्रमणबाट धेरै क्षति व्यहोर्ने अर्को देश भारत बन्ने चेतावनी दिएका छन् । उनकै शव्दमा भारतमा कोरोना संक्रमणको ‘सुनामी’ आउनेवाला छ ।कोरोना संक्रमित फेला परेका देशहरुको संख्या १६८ छ भने १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा ३३२ जनामा संक्रमण पुष्टि भएको छ भने

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ३० नाघ्यो, माेदीकाे आह्वानमा ‘जनता कर्फ्यु’ लागु

भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने

इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ७९३ को ज्यान

चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको

दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइयो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी गराएका छन् ।सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्ली क्षेत्रमा प्रतिबन्ध लगाइएको उनले बताए । मुख्यमन्त्री केजरीवालले भिडियोमार्फत्