कोरोना भाइरस विरुद्धको भ्यासिन भारतमा बनेको छ !

कोरोना भाइरसविरुद्धको भ्यासिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्यासिन विकास गरेका हुन् । यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको जनाइएको छ । टाइम्स अफ इन्डियाका अनुसार भ्यासिनको मानवमाथि परीक्षण छ महिनापछि हुने बताइएको छ ।…