काठमाडौं– अलराउन्डर गुलशन झा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट र ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका छन् । क्यानडामा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा बिहिबार बिहान नेपाल ओमानसँग १ विकेटले पराजित भएको थियो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । तर नेपाल…