काठमाडौं– सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहीले नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । शाहीले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । सुदूरपश्चिमका कांग्रेसको १८ र एमालेको ११ सांसद छन् । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान भएको थियो ।…