गण्डकीका मुख्यमन्त्रीलाई विश्वास मत दिन फ्लोर क्रस गरेका सांसदलाई कारबाही

पोखरा– माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।…